

बिराटनगर । आफ्नै छोरीलाई एक वर्षदेखि बलात्कार गरिरहेको आरोपमा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा परिचालित प्रहरी टोलीले शनिबार राति विराटनगर महानगरपालिका–४ खारजीबाट पक्राउ गरेको हो ।

३७ वर्षीय बुबाले विगत एक वर्षदेखि १४ वर्षीय छोरीलाई बलात्कार गरिरहेको घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक हुने डरले छोरीलाई विद्यालय जानबाट रोक लगाउन खोजेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार अन्तिम पटक जेठ २१ गते मंगलबार घरमै बाबुले छोरीमाथि बलात्कार गरेको पत्ता लागेको छ । प्रहरीस“गको सम्पर्कमा रहेकी छोरीले आफूलाई बारम्बार बाबुले बलात्कार गरेको जानकारी दिएकी छन् । प्रहरीका अनुसार बुवाबाटै पीडित भएकी छोरीलाई उल्टै बुवाले नै विद्यालय जानबाट रोक लगाउने प्रयास गरेपछि बालिकाले यो कुरा साथीहरुलाई सुनाइन् । साथीहरुले कुरालाई विद्यालय प्रशासन सम्म पु¥याइदिए ।

बालिका पढ्दै आएको विद्यालयकी प्रधानाध्यापकका अनुसार सबै कुरा सोधखोज गर्दा बाबुबाट एक वर्षदेखि बलात्कृत भइरहेको र यही कुरा बाहिर पुग्छ भनेर छोरीलाई नै पढ्न जानबाट रोक लगाउन खोजेको पत्ता लागेको बताईएको छ ।


