सब्द तस्वीर : विनोद पाण्डे
राजारानी पोखरी नेपालको प्रदेश १ मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो। लेटाङ वडा नम्बर १मा अवस्थित यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ५० किलो मिटर उत्तरपूर्वमा रहेको छ। पूर्व पस्चिम राजमार्गमा पर्ने कानेपोखरी देखि करिब १३ किमि उत्तरमा रहेको राजारानी क्षेत्रको क्षेत्रफल लगभग २० हेक्टर रहेको छ। प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति यस क्षेत्रका मुख्य आर्कषणहरू हुन ।
धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ। वरिपरि डा“डैडा“डाले छेकिएको उपत्यका झै देखिने राजारानी क्षेत्रमा तीन वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुईवटा मन्दिरहरू छन्। यसबाहेक यहा“को विशेषताका रूपमा पोखरीमा रहेका विभिन्न जातका सुनाखरी फूलहरू हुन् । यस स्थानलाई स्थानीय मानिसहरू विभिन्न प्रकारका पुतलीहरू पाइने प्रख्यात स्थानका रूपमा पनि लिने गर्दछन्।
पूर्व नेपालको झापा र मोरङका आदिबासी धिमालहरूले अढाई महिनासम्म लगाउने ढङढङे (असारे) मेला हरेक वर्षको बैसाख २ गते यही धिमाल पोखरीबाट सुरु हुने गर्दछ। धिमाल पोखरी छेउको धिमाल ग्रामथानमा पूजाआजा गरेपछि यो मेला सुरु हुने गर्दछ। त्यसपछि भने तराईमा बसोबास गर्ने सबै धिमालहरूले यो मेला आआफ्नो ठा“उमा पालो गरेर दैनिक रूपमा लगाउने गर्दछन।
धिमालहरूको भनाइ अनुसार परापूर्वकालमा राजारानी पोखरी छेउछाउ क्षेत्रमा धिमालहरूको बसोबास रहेको थियो। कालान्तरमा उनीहरू कुनै अज्ञात रोगका कारणले उक्त स्थान छाडेर अन्यत्र जान बाध्य भए र त्यस स्थानलाई भुल्दै गए। तर उनीहरूका पुराना परम्पराका केही अवशेषहरू लोकोक्ति, परम्परा या किम्वदन्तीका रूपमा त्यताका अन्य समुहका मानिसहरूले जिवित राखिदिएका थिए। यसैगरी वि.सं. २०५८ सालदेखि भने यस क्षेत्रमा धिमालहरूले पुन पूजाआजा गर्न थालेको स्थानियहरु बताउछन ।
उक्त थानमा गच्छे अनुसार बोका, कुखुरा, हा“स र परेवाको बलि दिएर धिमालहरूले पूजाआजा गर्ने गर्दछन्। मोरङ तराईमा औलोको प्रकोपका कारणले मध्यकालताका धिमालहरू तराईको उत्तरी फा“ट तथा ससाना ढिस्काहरूमा बसोबास गर्दथे। त्यसैताका अहिलेको राजारानी ताल क्षेत्रमा घिमाल हरुले मान्ने भगवान राजारानीको यसै स्थानमा दरबार रहेको जनविश्वास रहेको पाईन्छ ।