Aamsanchar

बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमकमा डेंगु सङ्क्रमित बिरामी फेला

Author Image
बिहिवार, जेठ ३०, २०७६

बिर्तामोड।

विगतका बर्षमा झापाको अर्जुनधारा, बिर्तामोडमा डेंगु रोगको महामारी नै भएको थियो । त्यसवेला धेरै विरामी परे केहीले ज्यान समेत गुमाएका थिए । यस बर्ष फेरी यस क्षेत्रमा डेंगु रोग महामरीकै रुपमा फैलियो भने विगतमा भन्दा धेरै नागरिकले दुःख भोग्नु पर्ने हुनसक्छ ।

अहिले झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित एक अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको जानकारी प्राप्त भएको छ । बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।

दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । डेंगुको सङ्क्रमणका कारण गतवर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारभन्दा बढीमा यो रोगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर