Aamsanchar

ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु

Author Image
बिहिवार, जेठ ३०, २०७६

काठमाडौं 

 चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन्।  श्रेष्ठले दिएको जानकारीअनुसार पित्त थैलीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो। अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको उनको आरोप छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर