Aamsanchar

गुजरातमा समुन्द्री आँधीको त्रास : रेल, हवाई र स्कूल बन्द

Author Image
बिहिवार, जेठ ३०, २०७६
/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/aadhi_cyclone_vayu_veraval.jpg
काठमाडौं- भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

सम्भावित दुर्घटना रोक्न रेल सेवासमेत बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।

गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी बर्षा र तीब्र हावाको प्रकोप देखिएको छ । अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने भारतीय मौसम विभागले जनाएको छ ।

‘वायु’ नाम दिइएको यो आँधीलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । यो आँधीबाट ठूलो क्षती हुनसक्ने भन्दै सचेत हुन पनि अपिल गरिएको छ । पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

मौसम विभागको आह्वानपछि सम्भावित नोक्सानीलाई रोक्न भारत सरकारले वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखेर बीबीसीले जनाएको छ ।

आँधीले गुजरातको कच्छ, देवभूमि, द्वारका, पोरबन्दर, राजकोट, जूनागढ दीव, गिर, सोमनाथ, अमरेली र भावनगरलगायतका जिल्लामा असर पार्ने अनुमान गरिएको छ। गुजरात, महाराष्ट्र, कर्नाटक र गोवामा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर