बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १८९ जनाले रोजगारी पाउने भएका छन् ।
सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकाका आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमूखिकरण गरियो ।
सो क्रममा बोल्दै नगरप्रमुख शिबाकोटीले सरकारले ल्याएको नयाँ कार्यक्रमले बेरोजगारलाई रोजगार मात्र बनाउने नभई आफ्नो नगर सुन्दर बनाउन उत्प्रेरणा पनि जगाउने बताउनु भयो ।
कार्यक्रम अनुसार असार १ गतेदेखि १ महिनासम्म ती १८९ जनाले नगरका १० बटै वडामा आबश्यकता अनुसारका काम गर्नेछन् । त्यसका लागि बडाहरुले आआफ्ना कामका क्षेत्र निर्धारण गरिसकेका छन् । यस अन्तरगत प्रत्येकले दैनिक ५१७ रुपैया पारिश्रमिक पाउने छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 268