

रौतहट ।

यस बर्ष बलत्कारको घटना धेरै बाहिर आएको छ कतै बालिका त कतै वृद्धा बलत्कार, पक्राउ परेका दोषीलाई कानुन अनुसार कडा कार्वाही पनि भई रहेको छ तर बलत्कारका घटना झन झन बढदै गएको । भर्खरै सार्वजनिक भएको घटना हो, रौतहट जिल्लाको गौरमा किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
विभिन्न प्रलोभन दिएर गौरको एक होटलमा १६ वर्षकी किशोरीको बलात्कार गर्ने गौर नगरपालिका ३ का १९ वर्षका चन्दन दुबे पक्राउ परेका हुन् । दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि किशोरीको बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।पक्राउ परेका दुबेमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद समेत लिएको उनले जानकारी दिए ।

Views: 219


