Aamsanchar

शनिबार यि पाँच कुरा घरमा नल्याउनुहोस्, संकट आउनसक्छ

Author Image
शनिवार, जेठ ३२, २०७६

ज्योतिषशाश्र अनुसार शनिबार अन्जानमा गरिएका कामबाट हुने असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले यस्तो कार्य नगर्दा राम्रो  । यसोगरे शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

तेल :

तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता :

शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न :

शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन :

घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम :

शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)