डडेल्धुरा :
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो।
शनिबार मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशानस कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन्। यातायात बन्द दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका छन्।
डडेल्धुरा अस्पतालनजिकै रहेको तुफानडाँडा चोकमा उनीहरुले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका हुन्। ‘मान्छे मार्न पाइँदैन’ भन्दै उनीहरुले टायर बालेर सडक अवरुद्ध पारेका हुन्। सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुलाका साथै पहाडबाट तराइ जाने सवारीसाधन पनि रोकिएका छन्। आन्दोलनका कारण यात्रुहरू मारमा परेका छन्।
घटना के होरु शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएको बुझिएको छ। लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए। उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।