काठमाडौं,
भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा योग दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी सोलुखुम्बुको एभरेस्ट भ्यू होटल पुगेका थिए।
सो अवसरमा सोलुखुम्बु जिल्लाको महिला तथा युवा समूहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा स्थानीय बासिन्दाको उल्यख्य उपस्थिति रहेको थियो।
सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुले पनि सहभागीता जनाए। हरेक वर्ष जुन २१ मा विश्व याेग दिवस मनाउने गरिन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155