Aamsanchar

गर्भावस्थामा आँप फाइदाजनक

Author Image
आइतवार, असार १, २०७६

आँप विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो । यसको स्वाद काचोमा अमिलो र पाकेपछि गुलियो हुन्छ भन्ने कुराको जानकारी हामी सबैलाई थाहा छ । तर यसको औषधीय गुणको बारेमा सबैलाई थाहा नहुन सक्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् ।

गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा खानु जरुरी हुन्छ ।

१. गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । साथै गर्भावस्थामा हुने कब्जियतबाट आराम मिल्छ ।

२. आँपमा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्न मद्दत गर्छ ।

३. आँपको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।

४. मौसमी फल तथा फलफूलको राजा भनेर चिनिने आँपमा भिटामिन ए, सी, भिटामिन बी६ का साथै पोटाशियम, फ्लोरिक एसिड पाइन्छ । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।

५. आँपमा प्रशस्त मात्रामा फाइबर हुन्छ यसको सेवनले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेवललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर