Aamsanchar

प्रदेश १ को बजेट सार्वजनिक ( पूर्णपाठ सहित)

Author Image
आइतवार, असार १, २०७६

प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार छ । चालुतर्फ अर्थात ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शुन्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ ।

अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ । प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार दिउँसो आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेका हुन् । बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतका रुपमा रहेको बजेटमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड रहने जनाइएको छ । यस्तो छ

बजेटको पूर्ण पाठ ।

बजेट-वक्तव्य-२०७६-फाइनल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)