Aamsanchar

प्रतिनिधिसभा बैठक : रोष्ट्रम घेर्न पुग्यो कांग्रेस

Author Image
मङ्गलवार, असार ३, २०७६

काठमाडौं

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले विरोध गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकालमा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो। कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगेका हुन्।  प्रधानमन्त्री बोल्नका लागि रोष्ट्रममा पुगेपछि कांग्रेसका सांसद घेराउ गर्न पुगेका हुन्। कांग्रेसले आफ्ना नेताले बोल्न पाउनुपर्ने माग गरेको हो।  सभामुख कृष्णबहादुर महराले पछि बोल्न दिन्छु भनेर बारम्बार अनुरोध गर्दा पनि कांग्रेस सांसद नाराबाजी गरिरहेका छन्।  संसद बैठक निर्धारित समयभन्दा १ घण्टापछि बसेको हो।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर