Aamsanchar

बाह्रदशीमा बद्मासी,तथ्याङ्क एउटा व्यवहार अर्कै

Author Image
मङ्गलवार, असार ३, २०७६

बिर्तामोड।

वाह्रदशी गाउँपालिकामा ६ हजार ६ सय ४७ जना बेरोजगार रहेको तथ्याङ्क छ । तर, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा गाउँपालिका भित्रका ७२ जना मात्रै समेटिएका छन् ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको भनेपनि अधिकांशले सूचना नपाएकै कारण आफूहरुले स्वरोजगार हुनबाट बञ्चित हुनुपरेको आरोप लगाएका छन् ।

गाउँपालिकाले तयार गरेको पाश्र्व चित्रमा वडा नम्वर १ मा २ सय १५ महिलासहित ४०८ जना, २ मा २ हजार एक सय ८२ जना महिलासहित १ हजार ९ सय २४ जना, ३ मा ४ सय २३ जना महिलासहित ८ सय ३० बेरोजगार रहेको उल्लेख छ ।

त्यस्तै वडा नम्वर ४ मा २ सय ११ सहित ३ सय ८३ जना ५ मा एक हजार एक सय १३ महिलासहित १ हजार ६ सय ४८ जना , ६ मा ६ सय ८५ जना महिलासहित १ हजार एक सय २५, र वडा नम्वर ७ मा १७८ महिलासहित ३ सय २९ जना वेरोजगार रहेको पाश्र्व चित्रको तथ्याङ्कमा उल्लेख छ ।

तर, गाउँपालिकाले आफ्नो गाउँपालिकामा ७२ जना मात्रै बेरोजगार रहेको भन्दै उनीहरुलाई स्वरोजगार बनाउने भएको छ । कार्यक्रम मंगलवारबाट शुरु हुने गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एक हजार १ सय ७६ जनाको निवेदन परेपनि ७२ जना मात्र छनौट भएका हुन् ।

छनौट भएकाले दैनिक ५ सय १५ रुपैयाँका दरले पारिश्रमिक पाउने र १६ लाख रुपैयाँ बजेट रहेको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर