अर्जुनधारा।
चालु आर्थिक वर्षको वडास्तरीय लक्षित वर्ग क्षमता अभिवृद्धी कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारामा पाँच दिवसीय उद्घोषण प्रशिक्षण र पाँच दिवसीय लेखा तालिम बुधबारदेखि शुरु भएको छ ।
अर्जुनधारा–७ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित दुवै तालिमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।
उद्घोषणतर्फ अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राई, अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष रमेश समदर्शी, कोषाध्यक्ष अमित खम्बू र सदस्य सुष्मा त्रिखत्री तथा लेखातर्फ नगरपालिकाका आर्थिक प्रशासन प्रमुख रामचन्द्र घिमिरे, सहलेखापाल चुँडामणी खनाललगायत सहजकर्ता रहेको तालिममा ३५ जना–३५ जना प्रशिक्षार्थी सहभागी छन् ।
वडाध्यक्ष नवराम ढुंगाना “नविन”को अध्यक्षतामा आयोजित कार्यक्रममा नगर कार्यपालिकाकी सदस्य शारदादेवी भट्टराई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भोला परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा सचिव एवम् तालिम संयोजक प्रकाश पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य देवकुमार राईले गरेका थिए ।