Aamsanchar

५३२ नेपाली विदेशको जेलमा

Author Image
बिहिवार, असार ५, २०७६

काठमाडौं,

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन्।

कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए।

सबैभन्दा बढी मलेसियाको जेलमा छन्। बोर्डका अनुसार त्यहाँ २०४ नेपाली जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा १८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन्।

यसमध्ये महिलाको संख्या १९ छ। जेलमा रहेका मध्ये २५ जनालाई मृत्युदण्ड सजाय सुनाइएको छ। यो संख्या सरकारको जानकारीमा आएकाको मात्र हो। जानकारीमा नआउनेको संख्या पनि उल्लेख्य हुनसक्ने अधिकारीहरूको अनुमान छ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर