नेपाल सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए ।
Views: 252

