Aamsanchar

तपाईलाई आज राशीले यस्तो भन्छ

Author Image
आइतवार, असार १५, २०७६

मेष  : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन  :  का, कि, कु, घ, ङ, छ, के, को, हा

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर