भगवान श्री गणेशका बाबु शंकर र आमा पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।
तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशूलले बालको टाउको काटेर अलग गरी भित्र प्रवेस गरे।
भित्र गएर माता पार्वती सँग भने आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आएँ । यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दुःख लाग्यो उनले भगवान बिष्णुलाई भने मैले बालकको टाउँको क्षेद गरे अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छू यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटोको रूपमा अर्को प्राणी बनाए। त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।