Aamsanchar

आज मंगलबारको राशीफल

Author Image
मङ्गलवार, असार १७, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ :  जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो:  लगनशीलताले कामहरू अगाडी बढ्नेछन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा:  शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो : प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे :  शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या 

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते:  मनोरञ्जनमा सहभागीता भइएला । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु : अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे :  कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । स्वास्थ्यमा सुधार आउला ।

मकर

जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि : जोश,जाँगर र हिम्मत बढ्ला । नयाँ कार्यको थालनी होला । शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ 

गु, गे, गो, सा, सि, सु, से, सो, दा :  नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि : बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर