Aamsanchar

सम्भव छ १० वर्षमा ६८ लाख रोजगारी ?

Author Image
मङ्गलवार, असार १७, २०७६

वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ । सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना नगरे नेपालले सहश्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्ने भएपछि त्यसबारे छलफल सुरु गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा रोजगारी सिर्जनाका लागि गर्नुपर्ने विभिन्न उपायबारे छलफल गरिएको छ । यतिखेर सरकार मात्र नभई नेपालका विकास साझेदारसमेत सहश्राब्दी लक्ष्य पूरा गर्ने अभियानमा छन् । अहिले भइरहेको प्रगतिलाई आधार मान्दै सरकारी अधिकारीहरुले सन् २०३० सम्म सहश्राब्दी लक्ष्य हासिल गर्ने दाबी गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)