Aamsanchar

आज बुधबारको राशीफल

Author Image
बुधवार, असार १८, २०७६

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फलदायी यात्रा नहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर