

सुनसरी । प्रहरी चेकिङको क्रममा सुनसरीको धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेमा बुधबार राती चेकिङको क्रममा प्रहरीले मोटरसाइकल छोडेर भाग्न खोज्ने दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
तीनकुनेमा प्रहरी चेकिङ भइरहेको देखेपछि राती करिब १० बजे इटहरीबाट धरानतर्फ आइरहेको बा ४२ प २९७३ नम्बरको मोटसाइकल छोडेर भाग्न खोज्ने दुई जनालाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोटरसाइकल चालक जिल्ला उदयपुर त्रियुगा ननगरपालिका १०, बोक्सेका २० बर्षीय पुकार पौडेल र पछाडी सवार १९ बर्षीय सुवास बिक भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीहरुको शरीर खानतलासी गर्दा मोटरसाईकलमा पछाडी सवार सुवासले बोकेको कालो झोलाभित्र २ पोका खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ । उनको साथबाट नोकिया मोबायल १ थान फेला पनि वरामद भएको छ । उक्त खैरो हिरोइन तौल गर्दा ५२ ग्राम भएको र चालक पुकार पौडेलको साथबाट नगद २६ हजार र एमआई मोबायल १ थान पनि वरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध र मोटरसाईकलसहित दुवैलाई प्रहरी कार्यालयमा ल्याएर लागुऔषध मुद्दामा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

यसैबिच मोरङको विराटनगर महानगरपालिका १२ स्थित पन्चमुखी चोकबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १७ गते राती १२ बजे स्थानीय २६ बर्षीय दिनेश पासवानलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागुऔषध फेनारगन ४८ एम्पुल, डाइजेल्याव ३७ एम्पुल, बुप्रेर्न्िफन ३१ एम्पुल र एभिल ३५ एम्पुल लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


