संखुवासभा । एक पछि अर्का नेता तथा कार्यकर्ता गिरफ्तार भई रहेको वेला अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिएका छन ।
Views: 205


