

काठमाडौं । चालक परिक्षा पास गरेर पनि लामो समय सम्म सवारी चालक अनुपत्र सरकारले दिन नसको काराण चालकले विभिन्न समस्या झेली रहेको अवस्थालाई मनन गरेर सरकारले तीन महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स (स्मार्ट सवारी चालक अनुमति पत्र) दिने दाबी गरेको छ ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले तीन महिनाभित्र सबै सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउने गरी काम अघि बढेको बताए ।

महानिर्देशक दाहालका अनुसार हाल करिब सात लाख सेवाग्राही पेपरकार्ड (ड्राइभिङ लाइसेन्सका लागि राजस्व तिरेको बिलररसिद) बोकेर हिँडिरहेका छन् ।
‘विगत ८ महिनादेखि मेसिन बिग्रेर लाइसेन्स छाप्न नसक्दा सेवाग्राहीहरुलाई ठूलो मर्का परेको छ र हामीले पनि समयमै स्मार्ट कार्ड दिन नसकेकै हो’ महानिर्देशक दाहालले स्वीकार गरेका छन ।

उनले अबको २० र २५ दिनभित्र चार लाख स्मार्ट कार्डहरु नेपाल आइपुग्ने पनि बताएका छन् । उक्त दिनभित्र चार लाख स्मार्ट कार्डहरु ल्याईसक्ने । १५० दिन भित्र ६ लाख कार्डहरु ल्याईने । अर्थात, करिब तीन महिनाभित्र स्मार्ट कार्डलाई सबै सेवाग्राहीको हातमा पुर्याउँछौं, दाहालले भने ।

भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि १८ लाख स्मार्ट कार्ड खरिदमा ५६ करोड रकम विनियोजन गरेको छ ।

