Aamsanchar

आज शनिबारको राशीफल

Author Image
शनिवार, असार २१, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिक धन खर्च हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर