Aamsanchar

पोखरीमा डुब्दा दुई बालिकाको मृत्यु

Author Image
शनिवार, असार २१, २०७६

सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोडी खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर