Aamsanchar

पार्टीमा आए उचित सम्मान दिने प्रचण्डको प्रस्ताव

Author Image
शनिवार, असार २१, २०७६

काठमाडौँ–  कम्युनिष्ट पार्टी फुटनु र जुटनु कुनै आस्चर्यकुरा मानिदैन यो विश्वमा रहेका कम्युनिष्टहरुमा देखिएको र नेपालमा रहेका कम्युनिष्ट पार्टीलाई हेर्दा प्रष्ट हुन्छ । यो एक लोकतन्त्रले दिएको अधिकार र मान्यता पनि हो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्य एक भए पनि यसलाई भाँड्न केही मानिसहरु युरोपलगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दावी पनि गरे ।

अध्यक्ष दाहालले विप्लव, बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरे । मोहन विक्रम सिंह, मोहन बैद्यलगायतका पूराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिष्ट एकताका लागि आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाई छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर