Aamsanchar

झापामा सवारी दुर्घटना बढ्यो एकको मृत्यु, ६ जना घाइते, ट्राफिक प्रहरी रमिते

Author Image
आइतवार, असार २२, २०७६

पार्थ मण्डल/  भद्रपुर।

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।

प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १०  स्थित पूर्वबाट  पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई  सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको  यात्रु  बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय  नवरप्रसाद संग्रौला रसोही 

स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् ।

घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा  चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

 घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई  दमक  प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर