Aamsanchar

झापामा सात वर्षीया बालिकाको सर्पदंशबाट मृत्यु

Author Image
सोमवार, असार २३, २०७६

कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ।

सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको थियो। राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर