अर्जुनधारा।
कुष्ठरोग पत्ता लगाउने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय चर्म रोग शिविर सोमबार सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी खुदुनावारीमा आयोजित शिविरमा बिर्तामोडस्थित मनमोहन अस्पतालका चर्मरोग विशेषज्ञ डा. सुधिर गिरी र प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका सीनीयर अहेव डम्मरबल्लभ मिश्रले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
१६५ जनाले सेवा लिएको शिविरमा निःशुल्क औषधी वितरण गरिएको शाखाका सहसंयोजक मिश्रीलाल शर्माले बताए ।
विश्व स्वास्थ्य संगठन अनुसार प्रति १० लाख जना मध्ये एक वा सो भन्दा कम जनामा मात्र देखापर्नुपर्ने जनस्वास्थ्य समस्याकोरुपमा कुष्ठ रोग रहेको सहसंयोजक शर्माले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 133