अर्जुनधारा ।
झापाको अर्जुनधारा–२स्थित विष्णु पाञ्चायन मन्दिर व्यवस्थापन समितिको प्रथम साधारण सभाले इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा डिल्लीप्रसाद ढुंगाना, सचिवमा यदुनाथ कोइराला, सहसचिवमा टीका अधिकारी र कोषाध्यक्षमा कृष्णकला खनाल चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा कुमारी शिवा, भक्तबहादुर रिमाल, भूमीप्रसाद दाहाल, राजेन्द्र कन्दङवा, राधाकृष्ण खनाल, रीता श्रेष्ठ, शिवमाया खनाल र सीता शिवा चयन भएका छन् ।
सोही सभाले समितिका सल्लाहकार सदस्यहरुमा वडाध्यक्ष रघुनाथ खनाल, गोपाल अधिकारी, तुलसी खतिवडा, नरप्रसाद कन्दङवा, पूण्य ओझा, यज्ञ अधिकारी र योगेन्द्र आचार्यलाई चयन गरेको छ ।
गोपालप्रसाद अधिकारीको अध्यक्षता र मन्दिरका जग्गादाता एवम् ज्येष्ठ नागरिक रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य डिल्लीप्रसाद ढुंगानाले गरेका थिए ।
मन्दिरका आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन यदुनाथ कोइरालाले गरेका थिए ।