अर्जुनधारा।
झापाको अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा सोमबारदेखि सत्यलक्ष्मी भेराइटीजले आफ्नो सेवा शुरु गरेको छ ।
विगत नौ वर्षदेखि सत्यलक्ष्मी मोबाइल सेन्टर सञ्चालन गर्दै आएका व्यवसायी सरोज सापकोटाले प्रारम्भिक १० लाख रुपैयाँको लगानीमा उक्त भेराइटीज सञ्चालनमा ल्याएको हो ।
न्यूनतम ११ सय देखि ३२ हजार नौ सय ९९ रुपैयाँसम्मको मोबाइल पाइने उक्त भेराइटीजमा साम्सुङ, भीभो, एमआई, ओपो ब्राण्डका मोबाइलसँगै मोबाइल एसेसोरीज, इलेक्ट्रोनिक्स सामग्री, रिचार्ज सेवालगायत प्रदान गरिने बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146