Aamsanchar

बस दुर्घटनामा चालक सहित तिनजनाको मृत्यू

Author Image
बुधवार, असार २५, २०७६

ओखलढुङ्गा ।

मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ मा आज भएको बस दुर्घटनाका चालक सहित तिनजनाको मृत्यू र १७ जना घाइते भएका छन् ।  घाइते मध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट सोलु जादै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस डडुवा डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित ३ जनाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बसका चालक झापा बिर्तामोड–२ चारपाने बस्ने ४२ वर्षीय कृष्णबहादुर बस्नेत, यात्री सोलु दूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर