Aamsanchar

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आइपुग्यो, सतर्क रहन विभागको आग्रह

Author Image
बिहिवार, असार २६, २०७६

काठमाडौं ।

देशभरको मौसम पुर्ण बदली भई मध्य र पुर्वका केहि स्थानमा पानी परिरहेको छ। पश्चिमका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभरको मौसम बदली भइ अधिकांस स्थानमा पानी पर्ने संभावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकासं स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ। दिउँसो देशका अधिकांस स्थानको मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षाको संभावना छ।

पश्चिमका एक दुइ स्थान, मध्य र पुर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घन्टा सम्म पनि मनसुन न्युन चापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू–भागमा रहने देखिन्छ। जसले गर्दा यी स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम सक्रिय भएर देशभर पानी पर्ने भएकाले नदिहरुमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ। पश्चिमी भेगका एक र दुई स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा रहेका नदि तथा खोलाहरुमा पानीको स्तर बढ्ने भएकाले यी क्षेत्रका स्थानीय बासीन्दालाई उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ साथै हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने विभागले जनाएको छ।-थाहाखबरबाट

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर