Aamsanchar

झापाको कनकाई र विरिङमा ठुलो बाढीको सम्भावना, सजक रहन सरकारको सुचना

Author Image
बिहिवार, असार २६, २०७६

बाढीका कारण बिर्तामोड प्रभावित ( फायल तस्वीर)

लामो समय सम्म बर्षा नहुँदा निरासा छाएको थियो । तर केही दिनदेखि लगातार भएको बर्षाका कारण सर्वसाधारणमा त्रास बढेको छ । आज र भोलि देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न र नागरिकलाई सचेत रहन सरकारले आह्वान गरेको छ ।

विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने खतरा उच्च रहेकोछ ।
बिशेषगरी झापाका दुई नदी कनकाई र बिरिङमा बर्षेनी बाढीका कारण धेरै जनधनको क्षती पुर्याउने गरेको छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको सिमाभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल बाढी सूचनाले जारी गरेको सूचनामा प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशभर वर्षाको सम्भावना छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।

अहिले मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ ।
आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन्

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर