Aamsanchar

वर्षाका कारण ११ जनाको मृत्यु

Author Image
शुक्रवार, असार २७, २०७६

काठमाडौ।

दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् ।
बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ . सैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको निरन्तरको वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितका लागि उद्धार तथा राहतको काममा जुटन गृह, रक्षा लगायत सम्बन्धित मन्त्रालय सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिनु भएको छ ।

यस्तै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा बाढीसँगै उद्धारका लागि तदारुक्ताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी वहाव खुलाउने काम भई रहेको उल्लेख गर्नु भएको छ  प्रधानमन्त्रीले मन्त्रीहरूसँग मन्त्रालयका कामको प्रगति बारे ब्रिफिङ् लिने क्रममा सो निर्देशन दिनु भएको हो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले भेरी निन्दा विरिङ मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रिुयुगा, वालन, खुट्टी चुरियाखोला, खाडो माहुली, रातो हर्दि, लाल बकैया लगायत साना नदी तथा जलाधारका धेरै स्थानहरूमा समान्य भन्दा धेरै वर्ष भईरहेकाले तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।-गोरखापत्र अनलाइन

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर