

झापा । मंगलबारदेखि भएको अविरल वर्षाका कारण देशभरमा १८ जनाले ज्यान गुमाएका छन् । पहाडमा पहिरोले र तराई डुबान र कटानको चपेटा परेको छ । मृत्यु हुनेहरुको नाम गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी सात बेपत्ता भएको बताइएको छ । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं ३, र खोटाङमा ३, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको गृहमनत्रालयले जनाएको हो ।

मृतकको नामावली

काठमाडौं– शर्मिला यादव, निलु यादव र कुन्दन यादव
खोटाङ– रेखा राई, रोमन राई र रोहन राई
काभ्रेपलाञ्चोक– गोमा दंगाल र सुहावी दंगाल
झापा– अञ्जन लावती र एलिजा न्यौपाने
भोजपुर– जनक विक र जगतबहादुर राई
पर्सा– निखिल पटेल
रामेछाप– पदमकुमारी सुनुवार
सिन्धुली– हेमकुमारी सुनुवार
ललितपुर– सुरज जिम्बा
धादिङ– अस्मिता तामाङ
मकवानपुर– सतमाया बलामी


