Aamsanchar

पुल बगाउदा सवारी आवगमन ठप्प

Author Image
शनिवार, असार २८, २०७६

 

बर्दिवास, २८ असार ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । तर कतिपय व्यक्तिहरु भने जोखिम मोल्दै बाढी तरेर वारपार गरिरहेका छन् ।

बाढीले पुल बगाए पछि कुनै बिकल्प नभएर बाटोमै रोकिएका यात्रुहरु बाढीकै बिचमा वारपार गरेका हुन् । यस्तै महोत्तरी र धनुषा भएर बग्ने रातु खोलामा अहिलेसम्मकै ठुलो बाढी आएको छ । बाढीका कारण आसपासका सर्बसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर