Aamsanchar

गुगल म्यापमा लाइभ लोकेसन कसरी सेयर गर्ने ?

Author Image
सोमवार, असार ३०, २०७६

तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसँग सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुँदैन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । यसमा तपाईंले आफ्नो लोकेसन हेर्नका लागि छनोट गरेका व्यक्तिहरुले मात्र हेर्न सक्छन् र तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नुहुन्छ ।

यसरी सेयर गर्नुहोस् तपाईंको लाइभ लोकेसन :

१. पहिला गुगल म्यापमा भएको साइड मेनु खोल्नुहोस् र लोकेसन शेयरिङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टार्टेडमा थिच्नुहोस् ।

२. तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नुहुन्छ । तपाईं कति समयका लागि आफ्नो लोकेसन सेयर गर्न चाहनुहुन्छ, त्यहाँ दुई अप्सन रहेको हुन्छ, “एक घण्टाका        लागि वा तपाईंले म्याप बन्द नगरेसम्म”मध्ये कुनै एक अप्सन छनोट गर्नुहोस् ।

३. त्यसपछि तपाईं लाइभ लोकेसन को–कोसँग बाढ्न चाहानुहुन्छ, छनोट गर्नुहोस् वा तपाईंको कन्ट्याक्ट लिस्टमा भएको कोही व्यक्तिसँग सेयर गर्न सक्नुहुन्छ ।

४. तपाईंले लोकेसन शेयरिङको ठीक तल रहेको क्रश थिचेर कुनै समयमा पनि आफ्नो लोकेसन सेयर बन्द गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो लाइभ लोकेसन सेयर गरेपछि छनोट गरेका साथीहरु र परिवारमध्ये को–कोले तपाईंको लाइभ लोकेसन हेर्दै छन् भन्ने थाहा पाउन सक्नुहुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर