Aamsanchar

भोलि असार ३१ गते मङ्गलबार चन्द्र ग्रहण लाग्ने भएको छ

Author Image
सोमवार, असार ३०, २०७६

बिर्तामोड । आषाढ शुक्ल पूर्णिमाका दिन भोलि असार ३१ गते मङ्गलबार चन्द्र ग्रहण लाग्ने भएको छ । ग्रहणले राती १ः४६ बजेदेखि पूर्व र दक्षिणको बीचबाट स्पर्श गर्ने , ३ः१५ मा ग्रहणको मध्यकाल र ४ः४५ मा मोक्षकाल वा ग्रहण सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेले जानकारी दिनुभयो ।उहाँका अनुसार उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागी निकै कष्टकर रहनेछ । त्यसका साथै अन्य राशीहरु मेष, वृष ,मिथुन ,सिंह, कन्या र वृश्चिक राशीले ग्रह हेर्न हुदैन् । यी वाहेक अन्य ४ राशीले चन्द्र ग्रहण हेर्न हुन्छ । त्यसैले ग्रहणको समयमा नजिकको तीर्थस्थलमा वा नदी ,ताल र पोखरीमा गएर स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।

गह्रणको समयमा के गरे के हुन्छ ?
सुते रोग लाग्ने ,पिसाब गरे दरिद्र हुने , दिसा गरे किरा भएर जन्मने ,मैथुन गरे सुगुँर भएर जन्मने ,श्रीगांर गरे कुष्ठ रोग लाग्ने ,भोजन गरे अधोगति प्राप्त गर्ने ,बन्धनमा केही चिजलाई राखे सर्प भएर जन्मने ,काटामार गरे नरकका बास हुने धार्मिक ग्रन्थमा उल्लेख गरेको छ ।धर्म ग्रन्थकै अनुसार चन्द्रग्रहणमा ३ प्रहर हुने भएकाले ९ घण्टा भोलि ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेक अन्य ब्यक्तिले खाना खान हुदैन् ।

कुन राशी कस्तो फल मिल्छ ?
मेषलाई माननास , वृषलाई कष्ट ,मिथुनलाई स्त्रीपिडा ,सिंहलाई चिन्ता ,कर्कटलाई सुखमय, कन्यालाई ब्यथा ,तुलालाई श्री प्राप्ति , वृश्चिकलाई क्षति , धुनलाई घात ,मकरलाई ब्यय, कुम्भलाई लाभ र मिनलाई सुखमय फल मिल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर