Aamsanchar

आजबाट कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि

Author Image
बुधवार, साउन १, २०७६

सरकारले आर्थिक वर्ष २०७६ र २०७७ को बजेटमार्फत बढाएको राष्ट्रसेवक कर्मचारीहरूको तलब आज बुधबारदेखि लागू भएको छ । सरकारले कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको थियो ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी करिब साढे ५ लाखको हाराहारीका कर्मचारीको तलब बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्य सचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ । कर्मचारीहरूको तलब वृद्धिसँगै झण्डै साढे २ लाखको हाराहारीमा रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ ।

आज साउन १ गतेदेखि सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्य सचिवको तलब ५५ हजार २ सयबाट ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

साथै कर्मचारीहरूलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्तालाई समेत यथावत् राखिएको छ । सरकारले दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्ता पनि कटौति गरिएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर