Aamsanchar

साना किसानको उन्नत गाई पालनको अनुदान आफ्नै लाई मात्र

Author Image
बिहिवार, साउन २, २०७६

नेत्र बिक्रम बिमली

 

हल्दिवारी गाउँ पालिकामा संचालित साना किसान कृषि सहकारी सस्थाले प्रदेश सरकारबाट प्राप्त १ करोडको योजना गाउँ पालिका सँग समन्वय नगरी आफू खुसी संचालन गरेको गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले बताएका छन । 

हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवद्द्न कार्यक्रमकोलागि भुमी व्यवस्थापन तथा कृषि सहकारी मन्त्रालय प्रदेश १ बाट प्राप्त १ करोड रुपैया आफ्ना शेयर सदस्यहरुलाई मात्रै गाई पालनको लागि वितरण गरेपछि लक्षित समुदायलाई बेवास्ता गरेको भन्दै सरोकारवालाहरुले स्थानीय सरकार गाउँ पालिकामा गुनासो गरेको उपाध्यक्ष गिरि बताउनु हुन्छ ।

हल्दिवारी गाउँ पालिकाले उक्त सस्थालाई भवन निर्माण गर्न ५ लाख उपलब्ध गराएको छ भने कृषि कार्यक्रमलाई लक्षित गरि ३ वटा ट्याक्टर समेत ७० र ३० को कार्यक्रम अन्तरगत उपलब्ध गराएको उपाध्यक्ष गिरिले जानकारी दिनुभयो । साना किसान कृषि सस्थाले भने आफुहरुले उक्त १ करोड रुपैया आफ्नै संस्थाका सदस्यको लागि आएकोले अरुलाई वितरण गर्न नसकिएको बताएको छ ।

सस्थाको व्यवस्थापक तारा भट्टराई खतिवडाले १०० जना किसान लाई गोठ सुधार,गाई खरिद, वायोग्यास,कुटीकाटने मेशिन तथा ढुवानी गरि प्रती किसान ७५ हजारका दरले उपलब्ध गराउन लागेको जानकारी दिनु भएको छ ।उनका अनुसार किसानले उत्पादन गरेको दूध भने सस्थालाई नै प्रतिदिन १० लिटर कम्तीमा उपलब्ध गराउनु पर्ने छ ।संस्थाले किसान बाट खरिद गरिएको दुध बिग्रिन नदिन ११ लाखको लागतमा १ हजार लिटर क्षमता भएको दुग्ध चिसियान समेत संचालिन गरेको व्यवस्थापक भट्टराई बताउनु हुन्छ ।

भट्टराईका अनुसार सस्थाले लघु कर्जा अन्तरगत ९ सय जनालाई ,माछा पालन ८ जनालाई ,कुखुरा पालन २० जना लाई ,धानखेती ५ सय जना ,तरकारी खेती ९० जनालाई पशुपालनमा १४० जनालाई समेत सहुलियत दरमा रिण उपलब्ध गराएको छ ।

सस्थाले रितिका डेरि धाइजन सग सहकार्य गरि उक्त सङ्कलित दूध बेच्ने व्यवस्था समेत मिलाएको छ । तत्कालीन जलथल गाउँपालिका महिलाहरुले मात्र संचालन गरेको यस संस्थामा २९० वटा समूह रहेका छ्न भने १८९१ जना सेयर सदस्य समेत रहेका छ्न ।व्यक्तिगत रूपमा सदस्य बनिएका भने संस्थामा ६१३ जना रहेको पाइन्छ । सबैबाट मासिक रूपमा २ सय रूपमा बचत समेत गर्ने गरेको सस्थाबाट जानकारी गराईएको छ । ०७५/०७६ को जेठ मसान्तसम्म संस्थाले ९ करोड ८३ लाख बराबरको कारोबार समेत गरेको देखिन्छ । 

 हुलाकी मार्ग लछित दुग्ध उत्पादन पर्वद्द्न कार्यक्रम अन्तरगत नै किर्तिम गर्भधारण कार्यक्रम समेत सस्थाले संचालन गर्दै आएको छ । करिब १० करोडको कार्यक्रम गर्दै आएको सस्थाले स्थानीय सरकार, सरोकारवाला लाई समेत सहकार्यमा आगामी दिनका कार्यक्रमहरु अगाडि बढाउने बताईएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर