

काठमाडौं । सामाजिक क्षेत्र र मानविय सेवामा नतमस्तक बन्ने उर्जाशिल युवा, अन्तर्राष्ट्रियमा पनि आफ्नो काम र नामलाई चिनाउन सफल नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालले काठमाडौंको सिटी सेन्टरमा नील डेविड्स सलून नयाँ संरचना तथा व्यवस्थानसहित सञ्चालनमा ल्याएका छन ।

नयाँ सलूनको बुधवार थालनी गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेयर स्टाइलिस्ट कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र होइन विदेशमा समेत सक्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए ।

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालिका सुष्मा कार्कीले बताइन् ।


सिटी सेन्टरमा सञ्चालनमा आएको नयाँ सलूनको बारेमा आफ्नो धारणा व्यक्त गर्दै हेयर स्टाइलिस्ट कटवालले काठमाडौंका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिको आकर्षक गन्तब्य रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको आफ्नो सलूनमा केश सज्जा सम्बन्धि सम्पूर्ण सुविधाहरु दिने बताए ।
युवा–युवतीको लूक्स परिवर्तन गर्ने, उनीहरुलाई स्टाइलिस्ट तथा आकर्षक बनाउने हाम्रो एक मात्र उदेश्य हो, नील डेविड भन्छन्–आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग पुर्याउनु हाम्रो मुख्य लक्ष्य हो ।

