Aamsanchar

रोजगारीको आस देखाएर मानव तस्करी

Author Image
शनिवार, साउन ४, २०७६

बैदेशिक रोजगारीका लागि भनेर विभिन्न देश पुगेका कयौ नेपाली चेलीहरु अलपत्र पर्ने गरेको घटनाहरु सामन्य झै बन्न थालेको छ । पुरुषका समस्या त झन समस्यानै होईन जस्तो बनिसकेको छ । एक पछि अर्को घटनाले गर्दा हाम्रो मानसपटल हार्दिकता, करुणा र समवेदित हुन छोडी सकेको छ । यसो हुनु धेरै घटना सुनेर देखेर त्यस्ता सम्सया सामान्य लाग्न थालेको हुन सक्छ ।

सुन्ने र देख्नेलाई सामान्य लाग्न सक्छ तर भोग्नेलाई कस्तो पिडा हुन्छ भन्ने कुरा स्वम आफूलाई परेपछि मात्र महसुस गर्न सक्ने अवस्थामा धेरै नेपालीहरु पुगीसकेका छौं, यो अझ ठुलो समस्याको रुप हो। यस्तो वेला सामान्य नागरिक भन्दा कयौ गुणा बुद्धी विकेक भएका नेता र सरकार चलाउने नेतृत्व पंथीले पनि भने जती यस्ता समस्याको समाधान गर्न नसक्नु दुःखको कुरा हो ।

ताजा समस्या यस्तो छ ।

वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्।

प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए। गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए।

मानव बेचबिखनमा संलग्नलाई हदैसम्मको कारबाही व्यवस्था छैन। यसरी ठगी गर्नेको पछाडि कारबाही नहुँदा विभिन्न मुलुकमा रोजगारीको लोभमा परेर नेपाली नागरिक ठगिएका छन्। स्थलमार्गबाट अमेरिका र युरोप लैजाने जालोजस्तै दलालले अन्य विभिन्न जालो बुनिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर