Aamsanchar

रोटरी क्लव अफ सुरुङ्गाको पद हस्तान्तरण

Author Image
आइतवार, साउन ५, २०७६

अध्यक्ष कुमारमणी पोखरेललाई प्रमाणपत्र हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष एलपी उप्रेती । साथमा दायाँ तर्फ मातृशाखा रोटरी क्लव विर्तामोड मिटटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल बायाँ तर्फ कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक गर्भनर संन्जय गिरी । फोटो : बिनोद पाण्डे/आमसंचार

रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पदभार ग्रहण कार्यक्रम शनिबार सुरुङ्गा स्थित जेसीज भवनमा सम्पन्न भएको छ ।
रोटरीका संस्थापक अध्यक्ष एलपि उप्रेती लगायातको टिमले नयाँ अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल लगायातको टिमलाई कार्यभार हस्तानतरण गरेको हो । रोटरीका डिस्ट्रिक गर्भनर संन्जय गिरीले कुमारमणि पोखरेललाई अध्यक्षको सपथ गराएका थिए ।

अध्यक्ष पोखरेल कनकाईका एक सफल युवा व्यक्ति हुन उनी सुरुंगा जेसीज, कनकाई उद्योग बाणिज्य संघको नेतृत्व कुशलता पूर्वक समालेर आफुलाई एक अव्बल युवाको परिचय दिन सफल व्यक्तिमा पर्छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले रोटरीयन हरुले यस क्षेत्रमा लिनेभन्दा दिने काम गर्नुपर्छ भन्दै समाज र युवालाई सिप र सहयोग प्रदान गरिने प्रतिवद्धता जनाए त्यैगरी गिरीले कनकाई सामुदायिक हस्पिटलका लागि सबैजना लागि पर्ने हो भने निकै ठुलो आर्थिक भौतिक सहयोग गर्न सकिने बचन बद्धता पनि दिएका छन ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , मातृशाखा अध्यक्ष सन्तोस अग्रवाल , रोटरीयन सन्तोस रिजाल, कुमार गिरी ,जितेन्द्रराज भण्डारी , सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, लगायतले अध्यक्ष पोखरेलको टिमलाई बधाई दिएका थिए ।
कार्यक्रमको संचालन रोटरियन शिवकुमार कडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)