इनरुवा,साउन ६ ।

प्रदेश १ सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या भएको अबस्थामा भेटिएको छ ।

भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

यादवको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का महानन्द मेहताले धरिलो हतियार प्रहार गरि हत्या गरेको फुयालले बताए।

हत्यामा संलग्न मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Views: 180

