Aamsanchar

नेपालमा रेल कुदने सपना विपनामा परिणत हुदै, लालबन्दीदेखि निजगढसम्म रेलमार्ग बनाउन ठेक्का

Author Image
सोमवार, साउन ६, २०७६

६ असार, काठमाडौं । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डमा काम थाल्ने तयारी गरेको छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटरको खण्डमा ट्रायक तथा पुल निर्माणको काम गरिरहेको सरकारले अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाएको हो ।

यसका लागि टेन्डर भएर कम्पनी पनि छनोट भइसकोका छन् । लालबन्दीबाट निजगढसम्म रेल्वे ट्रयाक बेड निर्माण गर्न रेल विभागले गत वैशाख २३ मा टेन्डर आह्वान गरेको थियो । विभिन्न ८ वटा खण्डमा हाल ८ वटा कम्पनी यो कामका लागि छानिएका छन् ।

निजगढसम्म रेल्वे ट्रयाक बेड बनाउन ५ अर्ब ५७ करोड ६१ लाख ५५ हजार २०५ रुपैयाँमा ठेक्का लाग्दैछ । विभिन्न ८ वटा निर्माण कम्पनीले यो कामको जिम्मा पाउँदैछन् ।

यो खण्डमा रेलमार्ग निर्माणका लागि सन्तोषीरकन्टेकरस्वच्छन्द जेभीले एउटा खण्डमा ६५ करोड ८४ लाखमा ठेक्का पाएको छ । त्यसैगरी अर्को खण्डका लागि लुम्बिनीरएपेक्सरखानी जेभीले ७० करोड ७२ लाखमा ठेक्का हात पारेको छ । रौताहारहिमडुङ एन्ड थोकररकन्काई जेभीले ७० करोड ५५ लाखमा अर्को खण्डमा ठेक्का पाएको छ ।

लामारगोल्डेनगुडरविरुवा जेभीले ६९ करोड ६८ लाखमा, रोशनरकुमाररश्रेष्ठ जेभीले ७० करोड ५१ लाख र कालिकारतुँदीररसुवा जेभीले ६९ करोड ७६ लाखमा फकर(फरक खण्डमा काम ठेक्का हात पारेका छन् । त्यसैगरी पीएसरआशिषरमहादेवरखम्ति जेभीलेले र ७० करोड ६७ लाख र शर्मारगजुरमुखी जेभीले ७० करोड ३६ लाखमा पनि थप खण्डमा जिम्मा पाएका छन् ।

विभागले कम्पनीहरुको ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । अब यी कम्पनीसँग ठेक्का समझौता भएर वषरलगत्तै रेलमार्गलाई निजगढसम्म विस्ताार गर्न काम सुरु हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पटक(पटक आगामी ४ वर्षभित्र निजगढसम्म रेल चलाउने बताउँदै आएका छन् । जनकपुर(जयनगर रेलमार्गको निर्माण सकाएर ब्रोडगेज रेल चलाउने तयारीमा रहेको सरकारलाई अबको ४ वर्षभित्रै निजगढसम्म रेल चलाउन सहज अवस्था भने छैन ।

हाल काम भइरहकै खण्डमा पनि प्रगति सन्तोषजनक नभएकाले सरकारले दावी गरेअनुसार फास्ट ट्र्याक निर्माण भइसक्दा निजगढमा रेल पनि ल्याइपुर्‍याउने योजना पुरा गर्न कठीन हुनेछ ।

महानिर्देशक मिश्र जयनरबाट आउने रेललाई निजगढसम्म ल्याउन अब बेड ट्रयाक निर्माणका भइसकेको खण्डमा स्टेशनहरु निर्माण गर्न ठेक्का आह्वान हुने बताउँछन् । यस्तै लालबन्दी(निजगढ खण्डमा आवश्यक पुलहरु निर्माणका लागि पनि छुट्टै टेन्डर आह्वान हुने उनले बताए ।

‘हामी तोकिएको समयभित्र निजगढसम्म रेल चलाउँछौं,’ उनले भने, ‘बेड ट्रयाक निर्माणसँगै रेलको लिक बिछ्याउने लगायतका काम पनि अघि बढाउन पूर्वतयारी सुरु भएको छ । त्यो काम गर्न धेरै समय लाग्दैन ।’

रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो ।

यो वर्ष सरकारले पूर्व(पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सरकारले पूर्व(पश्चिम रेलमार्गको रुटलाई ९ वटा मूल खण्डमा विभाजन गरेको छ । मूल खण्डहरु ९४५ किलोमिटरको भए पनि पोखरा(काठमाडौं, काठमाडौं(वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।

बुटवलदेखि गड्डाचौकीसम्म ४ सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर तयार भइसकेको छ । निजगढ(इनरुवा खण्डमा त निर्माणको काम नै सुरु भएको छ ।

हाल निजगढ(हेटौंडा(चितवन खण्डको डीपीआर तयार गरिँदैछ । यो काम सकिएपछि पूर्व(पश्चिम रेलमार्गको मुख्य खण्डको डीपीआर तयार हुनेछ । पूर्व(पश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ मै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।  साभार: अनलाईन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर