Aamsanchar

झापा गाउँपालिकाको नीति तथा कार्यक्रम सहित, ३६ करोड १० लाख ३० हजार बजेट सर्वजनिक

Author Image
मङ्गलवार, साउन ७, २०७६

बिनोद पाण्डे

बार्षिक योजना किताव सार्वजनिक गर्दै अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी ।

चारपाने, साउन ७ । 

झापा गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमसहित ३६ करोड १० लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले चौथो गाउँसभाबाट पारित आर्थिक बर्ष २०७६/०७७ को नीति, कार्यक्रम तथा निर्णयहरु मंगलवार कार्यालयमा आयोजीत कार्यक्रममा सार्वजनिक गरेको हो ।

झापा गाउँपालिकाले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्जजनिक गरेको छ । गाउँपालिकाका सामुदायिक बिद्यालयमा अध्ययनरत दुईसय ३५ जना छात्रालाई साइकल प्रदान गर्ने, ११ कक्षालाई निःशुल्क र गाउँपालिकाबाट पिएचडी गर्ने बिद्यार्थीलाई एकलाख रुपैयाँ सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शाहले कृषि कार्यक्रम अन्र्तगत जहाँ खेत त्यहाँ पोल पुर्याई सिंचाईका लागि सहयोग गर्ने, कृषिमा आत्मनिर्भर बनाउँने उदेश्यले मकै तथा धान जोन लागू गर्नेे बताए । त्यस्तै गाउँपालिकालाई वाढीबाट जोगाउँन जनताको तटवन्ध कार्यक्रम अनर्तगत विरिङ, कनकाईमाई र सानो माईमा तटबन्ध बनाउँने र स्वयमसेवीकाको स्वास्थ्य विमा निशुल्क गरिने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट ७६ लाख, मालपोत रजिस्टेशन वाँडफाँडबाट १६ लाख, संघीय वित्तिय समानिकरणबाट ११ करोड ७८ लाख, संघीय राजश्व वाँडफाडबाट ८ करोड ७९ लाख, प्रदेश वित्तीय समानिकरणबाट ७२ लाख २६ हजार, प्रदेश वाँडफाडबाट ५८ लाख ४ हजार र संघीय सशर्त अनुदानबाट १३ करोड ३१ लाख आम्दानी गर्ने कार्यक्रममा वितरित बजेट तथा कार्यक्रम पुस्तिकामा उल्लेख छ ।

प्रशासकीय अधिकृत गणेश कार्की

त्यस्तै खर्च चालुखर्चतर्फ ४ करोड ६ लाख, आर्थिक विकासतर्फ ३१ लाख, पूर्वाधार विकासतर्फ १४ करोड ९५ लाख, वन, वातावरण, विपद तथा सरसफाईतर्फ १० लाख, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ५१ लाख ९ हजार, सामाजिक विकासतर्फ २ करोड ५३ लाख र संघीय सशर्त अनुदानतर्फ १३ करोड ३१ लाख रुपैयाँ सार्वजनिक गरेको छ ।

स्वागत गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीले गरेको कार्यक्रममा प्रशासकीय अधिकृत गणेश कार्की, नेकपाका गाउँपालिका अध्यक्ष रुद्र बजगाई, नेपाली काँग्रेसका क्षेत्रिय अध्यक्ष शिव कडेल, राष्ट्रिय जनता पार्टीका विश्वसिंह राजवंशीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)