Aamsanchar

पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले थाल्यो तयारी

Author Image
बिहिवार, साउन ९, २०७६

काठमाडौं– पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले तयारी थालेको छ । नेपाल सरकार, पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डको तयारीमा सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला पर्यटकीय क्षेत्र कर्णाली प्रदेशले पनि आफ्नो तयारी थालेको हो ।

यसै विषयलाई लिएर कर्णाली प्रदेशले बिहिबार संघीय९केन्द्रीय० राजधानी काठमाडौंमा अन्तरक्रिया गरेको छ । पर्यटन वर्षको समय नजिकिँदै गर्दा पर्यटन क्षेत्रको ठूलो हिस्सा बोकेको कर्णाली प्रदेशको तयारी के रु भन्ने सवालमा छलफल केन्द्रित भएको छ । कर्णाली प्रदेशको पर्यटन वर्ष २०२० संयोजक समिति संयोजक राजु कार्कीले समग्र कर्णालीको पर्यटन प्रवद्र्धनको प्रमुख चुनौंती भौतिक पूर्वाधार रहेको अन्तरक्रियामा बताएका छन् ।

हवाईसहित स्थल यातायात सुविधा तथा प्रयाप्त होटल लज तथा होमस्टेको व्यवस्था पर्यटन वर्षको मुख्य चुनौंती रहेको बताएका छन् । त्यसका लागि केन्द्र सरकार र प्रदेश सरकारले बेलैमा ध्यान दिनुपर्ने कार्की बताए ।
पर्यटन वर्षका लागि सरकारले छुट्याएको १०० स्थान मध्यकर्णाली प्रदेशमा मात्र २१ स्थान पर्छन् । संयोजक कार्कीले भने, ‘ती स्थानहरु मध्ये कुनकुन स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् र ती क्षेत्रको तयारी आवश्यक छ त्यसको पहिचान गर्नुपर्छ । र त्यसैअनुरुप तयारी थालिनुपर्छ ।’

कर्णाली प्रदेशको मुख्य–मुख्य पर्यटकिय स्थलहरुमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा छन् ।

त्यस्तै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खापुनाथ देखि मानसरोवर कैलाशको पैदल यात्रा, सल्यानको कुपिन्डेदह,रुकुमको स्यार्पुदह, जाजरकोटको ठाकुरजी दह, दैलेखमा ज्वाला, दुल्लु दरबार, नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थललगायत प्रमुख पर्यटकीय सम्पदाहरू रहेका छन् ।

यति धेरै पर्यटकीय क्षेत्र तथा स्थलहरु रहेर पनि कर्णाली पूर्वाधारको विकासका कारण पछि परेको पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले बताएका छन् । अहिलेकै अवस्थामा कर्णालीले पर्यटन वर्षले अपेक्षा गरेको २० लाख पर्यटन भित्र्याउने लक्ष्यमा कर्णालीको भागमा तीन लाख मात्र परेपनि व्यवस्थापन गर्न नसकिने संयोजक कार्कीले बताए ।

पर्यटन वर्ष २०२० संयोजक समिति तथा नेपाल सरकार मन्त्री मण्डलको जेठ २४ गतेको निर्णय अनुसार पर्यटन वर्षको सफलताका लागि प्रदेश स्तरीय संयोजन समिति गठन गरिएको छ । सोही निर्णयअनुसार कर्णाली प्रदेशमा पर्यटन व्यवसायी राजु कार्कीको संयोजकत्वमा पर्यटन वर्ष २०२० संयोजन समिति बनेको थियो । सोही समिति, पर्यटन मन्त्रालय तथा बोर्डको संयोजनमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर